Logo

प्रधानन्यायाधीश भनेको जंगलबाट आएर एकैचाटी प्रधानमन्त्री बनेजस्तो होईन : स्वागत नेपाल (भिडिओसहित)



काठमाडौं, २५ पुष। अधिवक्ता स्वागत नेपालले प्रधानन्यायाधीश भनेको जंगलबाट आएर प्रधानमन्त्री बनेजस्तो नभएको टिप्पणी गरेका छन् । उनले सर्वोच्च अदालतमा भ्रषटचार छ भन्ने कुराको प्रमाण भनेको नै अहिलेसम्मका प्रधानन्यायाधीश र न्यायाधीशहरु रहेको बताएका छन् ।

उनले भने,‘हरेकपटक आउने प्रधानन्यायाधीशले के भन्नुहुन्छ, म सर्वोच्चभित्र भएको र न्यायापालिकाभित्र भएको भ्रष्टाचारको अन्त्य गर्छु भनेर भन्ने गर्नुभएको छ । प्रधानन्यायाधीश बनेर आउँदा, पदभार ग्रहण गर्दा, यहाँहरुले पनि पदभार ग्रहण गर्दा उहाँको बाईट लिनुहुन्छ, पदभार ग्रहण गरिसकेपछि प्रतिक्रिया दिनुहुन्छ, त्यो प्रतिक्रियामा अहिलेसम्मका सबै प्रधानन्यायाधीशले न्यायापालिकाभित्रको भ्रष्टाचार अन्त्य गर्दछु भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदीय सुनुवाईमा पनि त्यो भन्नुभएको छ। त्यसले के देखाउँछ भने प्रधानन्यायाधीश भनेको एकैचोटी जंगलबाट आएर प्रधानमन्त्री बनेजस्तो प्रधानन्यायाधीश बन्दैन एकैचोटी । उ पहिला न्यायाधीश भैसकेको हुन्छ, सर्वोच्चको वरिष्ठ न्यायाधीश भैसकेको हुन्छ । हो, त्यो अनुभवको आधारमा भनेको हो कि यहाँ भ्रष्टाचार छ।’

उनले न्यायाधीशहरुले मात्रै नभएर बार एशोसिएशनका नेतृत्वले पनि भ्रष्टाचार गरेको कुरा न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको प्रतिवेदनले पनि बोलेको सुनाए । उनले उक्त प्रतिवेदनमा बेञ्च–बार समन्वय कमिटी नै विचौलिया कमिटी हो भनेर भनेको पनि उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्