Logo

बलात्कारको घटना गाउँमै मिलाउने जनप्रतिनिधिसहित ५ जना पक्राउ



कैलाली, २५ पुस । कैलालीमा बलात्कारको घटनालाई गाउँमै मिलाएको अभियोगमा जनप्रतिनिधिसहित ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जबरजस्ती करणीको घटना ढाकछोप गरेको आरोपमा मिलापत्र गराउनेहरु घोडाघोडी  नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, पूर्व वडा सचिव यज्ञराज आचार्य, शिक्षक होमप्रसाद सुवेदी र स्थानीय यज्ञराज आचार्य र ३० वर्षीय प्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार पीडित वृद्धाको उजुरी पछि न्यौपाने, सुवेदी, आचार्य र भट्टराई पुस १२ गते पक्राउ परेका थिए । प्रहरीका अनुसार सुवेदी भने पुस २३ गते पक्राउ परेका हुन्।

७७ वर्षीया वृद्धाले आफूमाथि भएको बलात्कार घटना झुक्याएर गाउँमै मिलापत्र गराएको आरोपमा ८ जना विरुद्ध प्रहरीमा पुस १२ गते उजुरी दिएकी थिइन्।

गत मंसिर १५ गतेका दिन वृद्धामाथि प्रकाश सुवेदीले जबरजस्ती गरेको आरेप लागेको छ। ३ लाख रुपैयाँ दिने सहमतिमा घटनामा गाउँमै मिलाइएको वृद्धाले प्रहरीसमक्ष बयान दिएकी छिन्। सहमति भएअनुसार पैसा नपाएपछि वृद्धाले प्रहरीमा उजुरी गर्दा घटना बाहिरिएको हो।



प्रतिक्रिया दिनुहोस्