Logo

७ लाख खर्च गरेर कुकुरको जन्मदिन पार्टी प्यालेसमा मनाउँदा…



एजेन्सी, २५ पुस । गुजरातस्थित अहमदाबादमा एक परिवारले कोरोना प्रोटोकल तोड्दै आफ्नो कुकुरको जन्मदिन धुमधामसँग मनाएको छ । कुकुरको जन्मदिन मनाउनको लागि पार्टी प्यालेस समेत बुक गरिएको थियो ।

निम्तालुहरुको उपस्थितिमा केक काटिएको थियो भने निकै जोडले जन्मदिन मनाइएको थियो । कार्यक्रममा गायक गायिकाले समेत प्रस्तुति दिएका थिए । सोही समयमा प्रहरी पुग्यो र ३ जना आयोजकलाई पक्राउ गर्यो ।

वास्तवमा अहमदाबादको मधुवन ग्रीन पार्टी प्यालेसमा चिराग पटेलले आफ्नो कुुकुरको जन्मदिन मनाएका थिए । पार्टीमा ७ लाख रुपैयाँ खर्च भएको थियो । कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा जमेर भाइरल भइरहेको छ । कार्यक्रमस्थलमा गुलाब, नीलो, सेतो रंग र ठुलो संख्यामा कुकुरको पोस्टर सजाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्