Logo

प्रधानमन्त्री कप भोलीबाट सुरु हुँदै, उद्घाटन खेलमा आर्मी र कर्णाली भिड्ने



काठमाडौं, २५ पुस । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता भोली (सोमबार)बाट सुरु हुँदैछ ।

क्रीतिपुर स्थित टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बिच प्रतिष्पर्धा हुनेछ ।

पहिलो दिन ४ खेल हुने आयोजकले जनाएको छ । जस अन्तरगत दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ ।

साथै, दुई खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेश साथै, बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा दश टोलीको सहभागीता रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot