Logo

१५ माघसम्म विद्यालय बन्द



काठमाडौं, २५ पौष । कोरोना भाइरसको जोखिम बढेपछि १५ माघसम्म देशभरका विद्यालय बन्द हुने भएको छ । विद्यालयका बालबालिकामा कोरोना भाइरस फैलिएको तथ्यका आधारमा सरकारले बन्द गर्ने निर्णय लिएको हो ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय बन्दको आग्रह गरेको छ । त्यसलाई मध्यनजर गरी विद्यालयहरु बन्द हुन लागेको हो ।

हिउँदे बिदालाई समेत मध्यनजर गरी १५ माघसम्म बिदा लम्ब्याउने गरी विद्यालयहरुले तयारी गरिसकेका छन् । कतिपय विद्यालय बन्द अवस्थामै छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot