राजविराज, पुस २६। किसानहरुको माग अघि सार्दै आन्दोलनरत जनमत पार्टीले यहाँका स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउदै अबिलम्ब समस्या समाधानका लागी पहल गर्न माग गरेका छन् ।
यसैक्रममा आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएका छन् ।
जनमत पार्टीका नगर अध्यक्ष सुजित कुमार मण्डलको नेतृत्वमा उपप्रमुख साधना झालाई बुझाइएको ज्ञापन पत्र मार्फत किसानका लागी समय र्मै मलखाद्य, विऊ विजनको व्यवस्था गर्न, हावाहुरी र वेमौसमी वर्षाले अन्नबालीमा पु-याएको क्षती विवरण संकलन गरी क्षतीपुर्तीको व्यवस्था गर्न, किसान परिचय पत्रको व्यवस्था र किसानलाई पेनशनको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै झुठा मुद्दम लगाई पक्राउ गरिएका किसानको अविलम्ब रिहाई, उखु किसानको भुक्तानी र सिचाई पुग्न नसकेका स्थानमा किसानका लागी निशुल्क विजुलीको व्यवस्थाका लागी पहल गर्न समेत ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै उपप्रमुख झाले नगरपालिकाबाट सम्भव भएका सेवा सुविधा उपलब्ध गराउने र सो बाहेक कामका लागी सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाएको सो पार्टीले जनाएको छ । राजधानी दैनिकबाट