Logo

माताको भर पर्दा बालिकाको अकाल मृत्यु



काठमाडौं, पुस २६ । सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौंमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटनाा संलग्न काठमाडौंको रानीवनमा बस्ने माता भनिने ४८ वर्षकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले त्यहाँ कोठा भाडामा लिई झारफुक गर्ने गरेको र सोही क्रममा ति बालिका बेहोस भएको जनाइएको छ ।

तत्काल उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा बालिकाको मृत्यु भएको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो ।

अनुसन्धानका क्रममा आमाले २२ दिन पहिले बालिकालाई उपचारको लागि ठकुरीको झारफुक केन्द्रमा ल्याइ छाडेको खुल्न आएको छ । त्यसपछि उनको क्रमशः स्वास्थ्य नाजुक बन्दै गएको थियो । अस्पताल लैजानुपर्ने बिरामीलाई झारफुक केन्द्रमा लैजाँदा यसरी बालिकाले अकालमै ज्यान गुमाउनुपरेको देखिएको छ ।

शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको छ । उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot