Logo

आनन्द बतास आध्यात्मिक व्यक्ति हुन, चरित्रहत्या नगरौंः कमल थापा



काठमाडौं, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रहत्या भइरहेको बताएका छन् ।

आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनेको बताउँदै थापाले लेखेका छन्, ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रहत्या गर्नु ठीक होइन ।’



प्रतिक्रिया दिनुहोस्