Logo

को हुन् सुष्माको नयाँ प्रेमी ?



काठमाडौं, २६ पुस । नेपाली फिल्म उद्योगकी विवादित अभिनेत्रीमा सुष्मा कार्कीको नाम अगाडी आउने गर्छ । कार्कीलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्ने पनि गरिन्छ । उनी फिल्म भन्दा पनि गसिपकै कराण सधै चर्चामा रहन्छिन् । कहिले अभिनेत्री पूजा शर्मासँगको लफडा त कहिले स्वेता खड्का, जे होस फिल्म भन्दा पनि उनी अन्य कारणले नै भाइरल हुने गर्छिन् । अब भने उनको प्रेमको कारण मिडियामा चर्चा सुरु भएको छ ।

केही दिन अगाडि उनले आफ्नोे इन्स्टाग्राममा प्रेमीसँगको एक तस्विर शेयर गरेकी थिइन् । २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसगको फोटो शेयर गर्दै उनले ‘माया सधैं हामीसँगै रहिरहोस्। यो सबै कुराको उत्तर पनि हो’ भनेर लेखेकी थिइन् ।

विगत लामो समयदेखि सुष्मा फिल्ममका काम गरेकी छैनन् । कदेश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुतीका लागि उनलाई बेला बखतमा प्रस्ताव आएपनि कोरोनाले गर्दा उनी घरमै सीमित भएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्