Logo

एमाले अछाम अधिवेशनः अब निर्वाचन हुँदै



कल्पना बोहरा : अछाम, २६ पुस नेकपा (एमाले) अछामको आठाैँ अधिवेशनमा अझै मतदान भएको छैन । निर्वाचन कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजे मतदान हुने समय तोकिएको थियो । सोमबार बिहान पुनः अर्को तालिका सार्वजनिक गर्दै दिउँसो सवा १२ बजेबाट मतदान हुने निर्वाचन अधिकृत कृष्ण प्रशाद ढुंगानाले जानकारी दिएका छन् ।

एमाले अछामको नयाँ नेतृत्वको लागि दुई पक्ष आमुनेसामुने भएका छन् । सुदूरपश्चिममै विशेष गरी हेरिएको अछामको अधिवेशनमा दुई पक्ष चुनावी मैदानमा होमिएका छन् ।

सहमतिमै नेतृत्व चयन गर्ने एमालेको केन्द्रीय निर्देशनविपरीत अछाममा निर्वाचन हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार दुवै पक्षले मनोनयन दर्तासमेत गरिसकेका एमाले अछामको महाधिवेशन स्थलबाट पत्रकार रमन भट्टले जनकारी दिए ।

एक समूहबाट अध्यक्ष पदमा चन्द्र बोहरा उपाध्यक्षमा भीम बिष्ट, सचिवमा आदर्श साउद , सह सचिवमा शेरबहादुर बुढा, डम्बर बिसी, रहेका छन् भने अर्को पक्षबाट अध्यक्षमा प्रकाश शाह, उपाध्यक्ष बलबहादुर कुँवर, सचिव भीम रावल (कालो टोपी)उप–सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । अछामका ९१ वडाका ७०० बढी प्रतिनीधिले जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दै छन्



प्रतिक्रिया दिनुहोस्

Screenshot