Logo

श्रीलंकालाई ‘ऋणको पासोमा पारेको’ भन्दै सांसद राजापाक्षेले लेखे सी चिनफिङलाई यस्तो पत्र



एजेन्सी, २६ पौष । श्रीलंकालाई ऋणको पासोमा पारेको भन्दै त्यहाँका एकजना सांसदले सनसनीपूर्ण पत्र चीनका राष्ट्रपति सी चिनफिङलाई लेखेका छन् । यो पत्र गत हप्ता लेखिएको हो जसमा श्रीलंकाको सत्तारुढ दलका सांसद राजापाक्षेले कोरोना भाइरविरुद्धको भ्याक्सिनका लागि अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपूर्ति गरेको उल्लेख छ ।

पत्र ३ जनवरीमा लेखिएको छ । जसमा श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीलाई बोधार्थ गरिएको छ । श्रीलंकाका लागि चीनका राजदूतलाई पनि बोधार्थ लेखिएको छ ।

पत्रमा चीनको श्रीलंकासँगको मित्रताको इमान्दारितामाथि नै प्रश्न गरेका छन् । श्रीलंकाको हमबानटोटा बन्दरगाह निर्माणमा चीनले ऋण दिएको थियो । उक्त ऋणमा श्रीलंका नराम्ररी फसेको टिप्पणीहरु भइरहेका छन् ।

सन् २००५ मा महीन्दा राजापाक्षे सरकारले चीनसँग ६ प्रतिशत वार्षिक ब्याजदरमा ऋण लिएको उल्लेख गरेका छन् । जबकि अन्तर्राष्ट्रिय समुदायसँग अधिकतम ६ प्रतिशत ब्याजमा ऋण लिने गरिएको थियो । उनले चीन कोलम्बो बन्दरगाह, दक्षिणी टर्मिनल, कोइलाबाट ऊर्जा निस्कने प्लान्ट, मटालास्थित अन्तर्राष्ट्रिय विमानस्थल, क्रिकेट स्टेडियम जस्ता आयोजनामा चीन प्रवेश गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot