Logo

केन्द्रद्धारा स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको सम्पत्ति विवरण माग



काठमाडौं, २६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभाग, प्रतिष्ठान, केन्द्र अस्पताल तथा परिषदमा कार्यरत कर्मचारीको सम्पत्ति विवरण माग गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले सो मन्त्रालय मातहतका कर्मचारीको सम्पत्ति विवरण माग गरेको हो ।

केन्द्रले निजामति बाहेकका अस्थायी/स्थायी/करार र ज्यालादारीमा कार्यरत कर्मचारीको आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्