काठमाडौं, २६ पुष । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले ललितपुरको गोदावरीमा आयोजित गोदावरी सरसफाईको १५०औं सप्ताहव्यापी कार्यक्रममा सहभागीहरुलाई गुर्जोको चियान सेवन गराएका छन् । उनले कार्यक्रममा उपस्थित् सबैलाई गुर्जोको महत्व र उपयोगिताबारे जानकारी गराईएको पनि जनाए ।
उनकाअनुसार कार्यक्रममा सहभागीहरुले गुर्जोको चिया थपी थपी सेवन गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट गुर्जो अभियानको प्रशंसा गर्दै अभियन्ता राजलवटलाई सम्मानपत्र प्रदान गरेकी थिईन् ।
उक्त कार्यक्रमको अधयक्षता गोदावरी सरोकारका प्रमुख अभियन्ता विराज भणडारीले गरेका थिए । कार्यक्रममा योग गुरु किशोर जोशीलाई पनि योग तथा ध्यानमार्फत समाजमा पुर्याएको योगदानबापत सम्मान गरिएको थियो । गुर्जो चिया सेवन गराउने उक्त सेवाको महाअभियानमा राजलवटका दाजु रमेशबहादुर राजलवट तथा ओम कटुवाल समेत सक्रिय थिए ।