एजेन्सी, २६ पुस। टेनिस खेलाडी नोभाक जोकोभिचको रिट निवेदनमाथि अस्ट्रेलियाको अदालतमा सुनुवाई सुरु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना प्रोटोकल पालाना नगरेको भन्दै उनको भिसा रद्द गरिएपछि उनले अदातलमा रिट निवेदन दिएका थिए।जोकोभिच बुधबार अस्ट्रेलिया ओपन टेनिस खेल्न त्यहाँ पुगेका थिए। तर उनले कोरोना खोप लगाए-नलगाएको स्पष्ट नभनेकाले उनलाई भिसा रद्द गरेर विमानस्थलमै रोकिएको थियो। प्रतियोगिता सुरु हुन अब केही दिन मात्र बाँकी छ।
अधिकारीहरूले जोकोभिचसँग कोभिड १९ विरुद्ध खोप लगाएको प्रमाण नरहेको बताएका छन्।कोरोना महामारीलाई नियन्त्रण गर्न भन्दै अस्ट्रेलियाले पूर्ण मात्राको खोप नलगाएका व्यक्तिलाई मुलुक प्रवेशमा रोक लगाएको छ। यद्यपि केही विशेष अवस्थामा भने त्यस्तो रोक नलगाएको बताइएको छ। सोही विशेष अवस्थाकै आधारमा जोकोभिचले रिट दायर गरेको समाचारमा बताइएको छ।-Photo: Agency