Logo

फेरि सर्यो प्रतिनिधिसभा बैठक, अर्को बैठक माघ ३ मा बस्ने



काठमाडौँ, २६ पुस। प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना जारी गर्दै बैठक बस्ने दिन परिवर्तन भएको जनाएका हुन्।

पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक अब माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

यसअघि पुस १८ मा बैठक तोकिएको थियो। तर, त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो। बैठकको अघिल्लो दिन सूचना निकालेर २८ गते बुधबारका लागि सारिएको थियो। तर, फेरि सूचना निकालेर माघ ३ गतेका लागि सारिएको छ। संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्दै आएको छ। प्रतिपक्ष दलले आफ्नो माग पुरा नभए सम्म संसद् अवरोध गर्ने स्पष्ट परिसकेको छ।



प्रतिक्रिया दिनुहोस्