Logo

पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)



काठमाडौँ, २६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज( सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न समेत सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्