Logo

अमेरिकामा रेलसँग विमान ठोक्किएपछि… (भिडियोसहित)



एजेन्सी, २६ पुस। अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस शहरमा रेलसँग विमान ठोक्किएको छ। विमानस्थलनजिकै रहेको रेल ट्रयाकमा गुडिरहेको रेलसँग विमान ठोक्किएको हो। ह्वाइटम्यान एयरपोर्टमा विमान अवतरण हुनुअघि इन्जिन फेल हुँदा रेलसँग ठोक्किएको लस एन्जलस प्रहरीले जनाएको सञचारमाध्यमहरुमा खबर छ।

उक्त दुर्घटनापछि विमान चालक र अन्य अधिकारीहरुको जिवितै उद्धार गरिएको स्थानीय मिडियाले जनाएका छन्। त्यहाँको फिडरल एभियसनका अनुसार दुर्घटनाग्रस्त विमानसँग एउटामात्र इन्जिन थियो। सो इन्जिनले काम नगर्दा विपरित दिशाबाट आइरहेको रेलसँग विमान ठोक्किएको हो।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्