Logo

भारतमा पौने दुई लाख कोरोना संक्रमित थपिएसँगै नयाँ किर्तिमान



एजेन्सी, २६ पौष । भारतमा कोरोना भाइरसको संक्रमित दिनानुदिन थपिएका छन् । बितेको २४ घन्टामा १ लाख ७९ हजार ७ सय २३ संक्रमित थपिएका हुन् । यो तेस्रो लहर आएयताको बढी संख्या हो ।

भारतीय सञ्चार माध्यमले स्वास्थ्य निकायले दिएको जानकारी उल्लेख गर्दै थपिएको संख्या बताएका छन् । १४६ जनाको बितेको २४ घन्टाभित्र मृत्यु भएको छ । भारतमा ७ लाख २३ हजार ६ सय १९ जना सक्रिय संक्रमित छन् ।

भारतको मुम्बई र दिल्लीमा बढी संक्रमित थपिएका छन् । त्यहाँ संक्रमणको जोखिमलाई दृष्टिगत गरी यात्रामा कडाई गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्