Logo

मोदीको अभिव्यक्तिप्रति एकीकृत समाजवादीको आपत्ति



काठमाडौँ, २६ पुस। नेकपा (एकीकृत समाजवादी) पार्टीले लिपुलेकबाट मानसरोवर जाने सडक विस्तार भइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। एकीकृत समाजवादीले विज्ञप्ति जारि गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो।

समाजवादी पार्टीका विदेश विभाग प्रमुख एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक नेपाली भूमि भएको र सो क्षेत्रमा गरिने निर्माणका बारेमा नेपाल सरकारको जानकारी बेगर सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो।’

पार्टीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको छ। भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिव्वतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot