Logo

बैंकहरुमा एक हप्तामै कहाँबाट ओइरियो ५८ अर्ब निक्षेप ?



काठमाडौं, २६ पौष । निक्षेप अभावले समस्यामा परेका बैंकहरुलाई एक हप्तामै ठूलो राहत मिलेको छ । बैंकर्स संघले एक हप्तामै ५८ अर्ब निक्षेप बढेको जानकारी दिएको हो ।

अब बैंकहरुमा कुल निक्षेप ४३ खर्ब ७ अर्ब रहेको बैंकर्स संघले जानकारी दिएको छ । विदेशमा बढी रकम जान थालेपछि बैंकहरुमा निक्षेप घटेको थियो ।

नेपाल राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्ने गरी निर्णय गरेको थियो । जसमा एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्यो ।

विलासीताका वस्तुहरुमा आयातमा नियन्त्रणका लागि शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्था गरेको थियो । स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न दिन अर्थ मन्त्रालयले केन्द्रीय बैठक र महालेखा नियन्त्रणलाई आग्रह गरेपछि अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्