Logo

प्लाइउड व्यापारीमाथी छानबिन गर्दै राजस्व अनुसन्धान विभाग



काठमाडौं, पुस २७। राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको प्रारम्भिक चरणमा आवश्यक विवरण संकलन कार्य थालिएको जनाएको छ ।

प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्सले एकपछि अर्को राजस्व छली गर्दै आइरहेको समाचार प्रकाशित भएपछि राजस्व अनुसन्धान विभागले त्यसलाई नै आधार मानेर प्रारम्भिक छानबिन थालेको हो ।

राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तहकिकात र अभियोजन गर्ने मुख्य जिम्मेवारी राजस्व अनुसन्धान विभागकै हो । एकपछि अर्को राजस्व छली गर्दै आएपछि भगवती लेमिनेट्स अहिले विभागको निगरानी र छानबिनको घेरामा परेको हो । यस प्रालिका मुख्य सञ्चालक विष्णु मधगोरिया र कन्ट्री म्यानेजर विकास सिंह हुन् । विभागले प्रालिका सञ्चालकलगायतका कर्मचारीमाथि समेत निगरानी बढाइने जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot