Logo

सुँगुरको मुटु मानवमा प्रत्यारोपण



एजेन्सी, २७ पौष । विश्वमा पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

तीन दिन अघि प्रत्यारोपण गरिएका बेनेट जिवितै छन् । उनको अवस्था सुधार भइरहेको जनाइएको छ ।

सात घन्टा लामो सफल शल्यक्रियापछि बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । उनीसँग मुटु प्रत्यारोपण गर्नेबाहेक विकल्प थिए । अब उनी कति समय बाँच्नसक्छन् भन्नेबारे चासो भएको छ ।



प्रतिक्रिया दिनुहोस्