Logo

अफगानिस्तान-पाकिस्तान सीमाको विद्यालयमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु



एजेन्सी, २७ पुस। अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमास्थित एक स्कुलमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

उक्त विषयको पुष्टि तालिवान सरकारले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको बयान अनुसार नांगरहारको लालोपुरमा एक स्कुलको सामग्री लिएर गएको गाडीमा यो विष्फोट भएको हो । केही जानकारीका अनुसार गाडीमा एक मोर्टार लुकाएर राखिएको थियो ।

लालोपुर जिल्लाको चौकीमा गाडी पुगेसँगै त्यहाँ विष्फोट भएको थियो । उक्त क्षेत्रमा आतंकवादी संगठन इस्लामिक स्टेट सक्रिय रहँदै आएका छन् । उनीहरुको तालिवानसँग हिंस्रक भिडन्त हुँदै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot