Logo

बहसमा पृथ्वीनारायण, कस्ले के भने ?



काठमाडौं, २७ पौष । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती नागरिक र विभिन्न सामाजिक संस्थाले स्वतस्फूर्त मनाए । सरकारले कुनै औपचारिक कार्यक्रम राखेन । यसलाई दिवसका रुपमा मनाउने घोषणा पनि गरेन ।

तर, यसपटक पृथ्वीनारायण शाहबारे निकै बहस चर्कियो । राष्ट्रपति विद्योदवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले उनको प्रशंशामा सन्देशका लागि शब्द खर्चिए । देउवाले राष्ट्रिय एकता दिवसका रुपमा आजको दिनलाई उल्लेख गर्दै शुभकामना व्यक्त गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अघिल्लो दिननै सन्देश दिदै मुलुकमा विदेशीले खेल्न पाइरहेको टिप्पणी गरे । उनले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका टिप्पणी गरे । पृथ्वीनारायण शाहको योगदानको वर्णन गर्दै घुमाउरो तरिकाले राजसंस्थाको पुनःस्थापनामा जोड दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्न पुगिन् । नेकपा एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका संस्कृतिमन्त्री प्रेमबहादुर आले पनि माल्र्यापणका लागि पुगेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगर्न आग्रह गरे । उनले पनि पृथ्वीनारायण शाहलाई सामान्य राजाकै रुपमा टिप्पणी गरे ।

नेकपा एमालेका नेता डा. भीम रावलले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको महान नायक भने ।

नेकपा माओवादी केन्द्र नजिकका अधिकांश नेता कार्यकर्ताले भने पृथ्वीनारायण शाहको आलोचना गरेका छन् । मुख्य नेताहरु मौन छन् । वामपन्थी विचारधाराका लेखकहरुले पृथ्वीनारायण शाहको आलोचना गरेर लेखहरु लेखिरहेका छन् । उनले असली हिन्दुस्तान बनाउन भूमिका खेलेको विषय पनि उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्