Logo

भारतीय गायिका असिस कौर भन्छिन्–‘म छिट्टै नेपाली गीत गाउन चाहन्छु’ (भिडिओसहित)



काठमाडौं, २७ पुष । चर्चित भारतीय गायिका असिस कौरले आफूलाई नेपाल र नेपालीहरु अत्यन्तै सुन्दर लागेको प्रतिक्रिया दिएकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेपाली सिक्ने तयारीमा रहेको र छिट्टै नेपाली गीतमा स्वर दिने पनि बताईन् । उनले आफूले काठमाडौं बसाईको क्रममा दिएको सांगितिक प्रस्तुतिमा नेपाली फ्यानले ठूलो साथ दिएको देख्न पाउँदा यो भन्दा पहिले म किन आईनँ भनेर पछुतो भएको पनि बताईन् ।



प्रतिक्रिया दिनुहोस्