Logo

आनन्दराज बतास भन्छन् : मीनबहादुर गुरुङ ईमानदार व्यवसायी हो, उहाँमाथि अन्याय भएको छ (भिडिओसहित)



काठमाडौं, २७ पुष । बतास अर्गनाईजेशनका अध्यक्ष आनन्दराज बतासले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको बचाउ गरेका छन् । उनले गुरुङले ललिता निवासको जग्गा किन्दा के अपराध भयो र ? भन्दै बचाउ गरे ।

उनले भने–‘एउटा मान्छेले जग्गा बेच्छु भन्यो, उहाँले किन्नुभयो । उहाँको गल्ती के हो ?’ पत्रकार धमलाले उसो भए ललिता निवास जग्गा प्रकरणमा मीनबहादुर गुरुङको दोष छैन त ? भन्ने प्रश्नमा उनले भने–‘म यसमा डिटेलमा जान चाहन्नँ । मीनबहादुर गुरुङजी ईमानदार व्यवसायी हो । एउटा दोकानबाट सुरु गरेर नेपालमा मेघा स्टोर बनाउने मान्छे हो, म भन्छु उहाँलाई अन्याय भएको छ । यसरी नै १० हजारलाई रोजगारी दिने व्यवसायीलाई लखेट्न खोजियो भने यो देशबाट व्यवसायीहरु पलायन हुन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot