Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा ‘भिजिटर पास’ बन्द



काठमाडौँ, २७ पुस: कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । अति आवश्यकबाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो । विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थाबाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन सर्वसाधारणमा अनुरोध गरेको हो ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक विज्ञप्ति जारी गर्दै हवाई यात्राका दौरानसमेत आवशयक मापदण्ड पालना गर्न सरोकारवालालाई आग्रह गरेको छ । नेपाल र छिमेकी मुलुकमा समेत कोरोना फैलिएको भन्दै यसबाट बच्न मापदण्ड पालना गर्न विज्ञप्तिमा भनिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot