Logo

एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले राजनीतिबाट बिश्राम लिने



दाङ, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी एमाले दाङका निवर्तमान अध्यक्ष टिकाराम खड्काले राजनीतिक रुपमा विश्राम लिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा सुचना जारी गर्दै खड्काले सांगठनिक रुपमा जिम्मेवारीबाट विश्राम लिने मनस्थितिमा रहेको जनाएका हुन् ।

उनले लेखेका छन्, ‘दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भुमि हो।नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो तेस्रो स्थानमा पर्दछ।दाङको किसान आन्दोलन पनि जेठो छ। यस्तो जिल्लामा जन्मिएर हुर्केर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभुति भएकोछ। म २०३५÷०३६ सालको पंचायत बिरोधी आन्दोलनको रापचापले परिवर्तनकोपक्षमा आकर्षण भए। सुरूमा अनेरास्ववियु अनेकिसंघको माध्यमबाट सामेल हुने अवसर मिलेको थियो। द्दण्घढदेखि भुमिगत गतिविधि पार्टी संपर्कमा रहि राजनितिमा उमेरको ज्ञटबर्षमै होमिए। २०४२ सालमा अनेरास्ववियु दाङ जिल्ला कमिटी सदस्य र सहसचिव हुदै गर्दा आठमहिना जेलबस्नु पर्यो। त्यस पछि २०४४ साल देखि २० बर्षउमेर मा पार्टी राजनितिमा कृयाशिल भए। दाङ रोल्पा रुकुम सल्यान र प्युठान मा पार्टी र जनसंगठन को जिम्मेवारी लिएर काम गर्ने मौका मिलेको थियो।दाङमा पनि द्दण्छठसाल देखि पार्टी जिल्ला कमिटी मा आज का दिनसम्म सकृय राजनितिमा कृयाशिल रहे। त्यो पुर्व २०४७ सालमा बैशाख ढगते देखि द्दण्छटमाघ सम्म रोल्पामा पुर्ण पेशेवर कार्यकर्ताको रुपमा पार्टी संगठनको जिम्मेवारी लिएको थिए ।’

खड्काले अगाडी लेखेका छन्, ‘आज म ज्यादै खुसि छु संगठन को काम गर्दा सबै मित्र को निकै ठुलो सहयोग पाए । म सबै लाई धन्यावाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङ कोज्ञघऔ जिल्ला अधिवेशनलाई भब्य र सव्य रूपमा सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरु लाई आयोजकका नाताले धन्यावाद दिन चाहन्छु।आराम गर्ने अवसर प्राप्त भएकोछ।अब सांगठानिक जिम्मेवारी बाट बिश्राम लिने मनस्थितीमा छु।’

 



प्रतिक्रिया दिनुहोस्