Logo

हैटीका राष्ट्रपति मोइसीको हत्यामा प्रधानमन्त्री संलग्न रहेको आशंका



एजेन्सी, २७ पौष । हैटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा तत्कालीन प्रधानमन्त्री एरियल हेनरीमाथि शंका गरिएको छ । हत्याका मुख्य अभियुक्त र हेनरीबीच सम्पर्कहरु स्थापित भएको खुलेपछि शंका गरिएको हो ।

अनाटोली कुरमानेभले इन्डियन एक्सप्रेसले लेखेको समाचार अनुसार नयाँ तथ्यहरु खुल्दै गएका छन् जसमा हेनरीसँग हत्यापछि पनि अभियुक्त निकट सम्पर्कमा थिए ।
सन् २०२१ को जुलाईमा जोभेनेल मोइसको हत्या भएको थियो । त्यसपछि हेनरी नै त्यहाँको सरकार प्रमुख बनेका थिए ।

हैटीका पूर्व न्यायमन्त्री जोसेफ फेलिक्स बाडियोमाथि शंकाको सुई घुम्यो । उनी मोइसको हत्यामा संलग्न भएको अभियोगमा खोजीको सूचीमा परे । तर, हेनरी र बाडियोबीच निकट सम्बन्ध भएको र हत्यासँग सम्बन्धित कुराकानी भएको खुलेको थियो ।

हत्यापछि हेनरी र बाडियोबीच ७ मिनेट विहानै कुराकानी भएको अनुसन्धानबाट पत्ता लागेको छ । हत्याको चार महिनापछि बाडियो हेनरीको निवासमा दुईपटक राति छिरेको समेत खुलेको थियो । जब कि उनी प्रहरीको खोजीको सूचीमा थिए ।

हेनरी अहिले पनि हैटीको प्रधानमन्त्री छन् । उनले राष्ट्रपति मोइसको हत्याबारे छानविन गरिरहेका एकजना अधिकारीलाई पदबाट बर्खास्त गरे । ती अधिकारीले हेनरीले धेरै प्रश्नहरुको जवाफ दिनुपर्ने बताएका छन् ।

हेनरीको निवासमै पसेर एउटा समूहले हत्या गरेको थियो । छद्म भेषमा छिरेकाहरुले उनको हत्या योजनावद्ध तरिकाले गरेको खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्