काठमाडौं, २७ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले एपीएफ क्लबलाई १२६ रनको लक्ष्य दिएको छ ।
क्रितिपुर स्थित टियू क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो ।
निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानिमा बागमतिले १२५ रन जोड्न सक्यो ।
बागमतीका लागि इसान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले १६ बलको सहयोगमा २४ रन बनाए ।
यस्तै, सुभास खकुरेलले १८ बलमा २१ रन जोडे भने आदिल खानले १९ रन जोडे ।
अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्ल ६ रन पबिलियन फर्किए ।
एपीएफका लागि अभिनास बोहोराले ४ विकेट लिए भने कमल ऐरीले २ तथा किशोर महतो र सरद भेषवाकरले समान १÷१ विकेट लिए । तस्विरः क्यान