Logo

‘ऋणमा पासो’ मा परेको श्रीलंकाले चीनलाई के भन्यो ?



एजेन्सी, २७ पौष । यतिबेला श्रीलंका आर्थिक संकटमा फस्दै गएको छ । यसको कारण उसको क्षमताभन्दा ठूलो ऋण हो । चीनसँग लिएको ऋणले श्रीलंका ठूलो संकटमा परेको छ । यसप्रति विश्वको ध्यान खिचिएको छ ।

कुनैबेलाको समृद्ध श्रीलंका ऋणको भारले संकटमा परेको छ । विशेषगरी बन्दरगाह निर्माणमा लिएको ऋणको भारले श्रीलंका थिचिएको हो । अर्कोतर्फ, चीनसँगको मल खरिद सम्झौतामा पनि श्रीलंका फसेको छ ।

श्रीलंका ऋणमा फसेपछि सँसारभर चासो बढेको छ । हालैमात्र चीनका विदेशमन्त्री वाङ ई श्रीलंका पुगे । उनले राष्ट्रपति गोटावाया राजापाक्षेसँगको भेटमा यही ऋणबारे छलफल गरेका छन् । चीनको ऋण तिर्ने प्रक्रियामा सहुलियतमा ध्यान दिन आग्रह गरिएको श्रीलंकाको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । श्रीलंकाको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् ऋणसम्बन्धी विषय पुनः विचार गरी खराब आर्थिक अवस्थामा सुधार हुनसक्ने उल्लेख छ ।

ग्लोबल टाइम्सले श्रीलंका चीनको ऋणको पासोमा परेको विषयलाई योजनावद्ध तरिकाले उचालिएको भनेको छ । विश्व बैंक, एशियाली विकास बैंकको ऋणको पासोमा समेत श्रीलंकालगायतका देशहरुलाई पारिएको ग्लोबल टाइम्सले लेखेको छ । यसलाई पश्चिमाहरुको पूँजी विस्तारको रुपमा तर्क गरेको छ ।

श्रीलंकाको आर्थिक संकट चीनको ऋण नभई पर्यटन उद्दोगमा कोरोना भाइरसले असर रहेको ग्लोबल टाइम्सको दाबी रहेको छ । तर, श्रीलंका चीनको ऋण तिर्न नसक्ने अवस्थामा परेको छ । यसले ठूलो आर्थिक संकट ल्याइरहेको छ । चीनको ऋणको पासोलाई सेतो हात्तीको समेत संज्ञा दिइदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot