Logo

पोखराको सिमलचौरमा सिटिजन्स बैंकको ‘प्रिमियम काउण्टर’



पोखरा, २७ पुस । सिटिजन्स बैंकले पोखराको सिमलचौर शाखामा आफ्नो प्रिभिलेज काउन्टर संचालनमा ल्याएकोे छ। ग्राहकहरुलाई थप सहज र छिटो सुविधा दिन प्रिभिलेज काउन्टर संचालनमा ल्याएको हो ।

यसभन्दा अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, कमलादी शाखा, लुम्बिनी प्रदेशको कालिकानगर शाखा, प्रदेश नंं १ को विराटनगर र बिर्तामोड शाखा, तथा प्रदेश नंं २ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट ग्राहकहरूलाई विशेष बैंकिङ सेवा दिँदै आएको थियो ।

सिटिजन्स बैंकले देशभर रहेको १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ इकाइहरूबाट ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ।

बैंकले अहिले वित्तीय आवश्यकताहरू नवीनतम प्रविधिको प्रयोगमा डिजिटलमार्फत प्रदान गरिरहेको छ। जसअन्तर्गत चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपबाट काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, स्क्यान एन्ड विथड्र जस्ता सेवा लिन सकिन्छ। त्यस्तै मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा घरबाटै पिन रिसेट गर्न सकिन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot