Logo

ललितपुरमा कुनै किसिमका मेला तथा महोत्सव गर्न नपाइने



ललितपुर, २७ पुस । ललितपुरमा कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिक लगायतका कार्यहरु गर्न नपाइने भएको छ । बढ्दो कोरोना सक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले मंगलबार राति १२ बजेदेखि लागुहुने गरी यस्तो निर्णय गरेको हो ।

प्रशासनले जारी गरेको निर्देशन अनुसार २५ जना भन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि प्रकारका महोत्सव, मेला तथा भेला गर्न नपाइने, प्रशासनिक तथा सामाजिक एवं राजनैतिक कार्यक्रम नगर्ने, नगराउने, गर्नै पर्ने भएमा प्रशासनको अनुमति लिएर मात्र कोरोना प्रोटोकल्सको पालना गरिु गर्ने व्यवस्था गर्ने तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य बोक्नु गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्