Logo

दिल्लीमा निजी कार्यालय बन्दको आदेश



एजेन्सी, २७ पौष । कोरोना भाइरस फैलिएपछि भारतको नयाँ दिल्लीमा निजी कार्यालयहरु बन्दको आदेश गरिएका छन् । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरणले यस्तो आदेश जारी गरेको हो ।

अब सबै निजी कार्यालयहरुले घरबाटै काम गर्नुपर्नेछ । दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरिवालसमेत सहभागी प्रकोप व्यवस्थापनको बैठकले यस्तो निर्णय लिएको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । त्यसमा पनि दिल्ली र मुम्बईमा संक्रमण छिटो फैलिएको छ ।

निजी कार्यालयहरुमध्ये औषधी, रेष्टुरेन्ट, टेलिकम सेवा, यातायात र कार्गो, विमानसेवालाई मात्र चल्न दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्