Logo

एकता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउदै विद्यार्थी परिषद्



काठमाडौं, २७ पौष । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी रूपमा राष्ट्रिय एकता एवम् पृथ्वी जयन्ती मनाएको छ । पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा विद्यार्थी परिषद्ले देशको ५० वटा भन्दा बढी नगर इकाईहरूमा विविध कार्यक्रमहरू गरेर एकता दिवस तथा पृथ्वी जयन्ती उत्सव मनाएको हो ।

स्थापना काल देखिनै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनदै आएको विद्यार्थी परिषद्ले पृथ्वीनारायण शाहाले नेपाल राष्ट्रलाई एकीकरण गर्न पुर्याएको योगदान, उनको दिव्य उपदेशहरूलाई स्कुल कलेज, विश्वविद्यालय र समाजका नागरिकहरूलाई जनचेतना र जागरण गर्दै आईरहेको छ ।

विद्यार्थी परिषद्ले आज पुर्वको झापा देखि सुदुरपश्चिमको अछाम सम्मका नगर समितिहरूले दीप प्रज्वलन, फलफुल वितरण, दिव्य उपदेश वाचान तथा प्रवचन, पृथ्वीनारायण शाहाको तस्विरमा र्याली सहितको माल्यअपर्ण , सोभा यात्रा, टोपिवितरण , अनाथ र दृष्टिविहिनहरूलाई कपडा वितरण लगायत दुई दर्जन भन्दा बढि कार्यक्रमहरू गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विद्यार्थी परिषद्ले आजको दिनलाई एक राष्ट्रिय उत्सवको रूपमा मनाएको र देशका सम्पूर्ण नागरिकहरूले पनि आजका दिनलाई एक विजयको पर्वको रूपमा मनाई रहेको विद्यार्थी परिषद्ले जनाएको छ ।

साथै परिषद्ले पौष २७ गतेलाई सरकारले पनि एक उत्सवको रूपमा देशभर मनाउनु पर्ने विषय माग गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्