Logo

बैङ्क प्रणाली बाहिर हुन्डीको कारोबार



काठमाडौं, पुस २८। बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ ।

जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोकारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो ।

पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ ।

गत वर्ष १४.५ प्रतिशतले बढेको अमेरिकी डलर आयात यस वर्ष १७.५ प्रतिशतले कमी आएको छ । गत वर्ष बैङ्कमार्फत हुने मुद्रा ट्रान्सफर २० प्रतिशतले बढेकोमा यस वर्ष १६.४ प्रतिशतले कमी आएको छ । यो तथ्याङ्कले विदेशी मुद्राको अधिकांश रकम हुन्डीमार्फत नेपाल आउन थालेको स्पष्ट हुन्छ ।

विदेशी मुद्रा अपचलनबारे अनुसन्धान गर्ने निकायका अनुसार पछिल्लो समय अदृश्य रूपमा हुने हुन्डी कारोबारका कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हो । परिदृश्य यस्तो रहे पनि मुलुकको अर्थतन्त्र नै धराशायी पार्ने गैरकानुनी हुन्डी कारोबार नियन्त्रण गर्ने न त कानुन छ न त कुनै संरचना । जसका कारण गैरकानुनी हुन्डी कारोबार थप मौलाउँदै गएको देखिएको आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot