Logo

सामाजिक मन्त्रालयद्वारा सेवा करारमा कर्मचारी माग



कर्णाली, पुस २८ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन गरेको छ । मन्त्रालयले १५० चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो ।

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरेबमोजिम मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो ।

मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयमा रिक्त दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो । १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ ।

मन्त्रालयले नवौँ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौँ तहको २१, साताँै तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौँ तहको ५० र चौथो तहका नौ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । उनीहरुको पारिश्रमिक तथा सेवा शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot