Logo

भारतमा २४ घन्टामा थपिए १ लाख ९४ हजार कोरोना संक्रमित



एजेन्सी, २८ पुस । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका करिब २ लाख १ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

मंगलबारको तुलनामा  १५.८ प्रतिशत धेरै नयाँ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार भारतमा एक लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए।

कोरोनाको तेस्रो लहरको सामना गरिरहेको भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै दैनिक नयाँ संक्रमितको संख्या पनि उल्लेख्य संख्यामा बढेको हो।

भारतमा कोरोनाको संक्रमणदर पनि ११.०५ प्रतिशत रहेको देखिएको छ। एकैदिन भारतमा ४४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ हजार ८६८ जनामा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot