Logo

सिपी मैनालीको आरोप : माओवादी भारतबाट सञ्चालित पार्टी हो (भिडिओसहित)



काठमाडौं, २८ पुष । नेकपा (माले) का महासचिव सिपी मैनालीले आफूले माक्र्सवाद र लेनिनवाद नछोडेको स्पष्ट पारेका छन् । उनले आफूहरुको क्रान्ति भनेको राष्ट्रिय जनवादी क्रान्ति रहेको सुनाए ।

उनले आफूहरुको पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो रहेको पनि सुनाए । उनले भने,‘हाम्रो पार्टी कार्यालयमा पृथ्वीनारायण शाहको मात्रै होईन, महेन्द्रको फोटो छ, वीरेन्द्रको पनि फोटो छ। वैचारिक रुपमा माक्सर्ववादी हुँ, यो म कसरी छोड्न सक्छु ?’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफू कम्युनिष्ट भएको तर कमाउनिष्टको प्रतिनिधि नरहेको जिकिर गरे । उनले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) भारतबाट सञ्चालित रहेको दाबी गरेका छन् । उनले भने–‘एउटा कुरा मैले देखेको के हो भने ६०१ बनाउने कुरा भयो, त्यहाँ भूभू बनाउने आवाज बजाउने त माओवादी नै भयो । तर, उनीहरुलाई बोलाउन लगाउने ईण्डियाले हो। माओवादी पार्टी भारतबाट सञ्चालित हो, यसमा पनि कुनै शंका हो र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot