Logo

मालीका सैनिक शासकलाई चीन र रुसको साथ



एजेन्सी, २८ पौष । मालीका सैनिक शासकलाई चीन र रुसको साथ मिलेको छ । सैनिक कू बाट सत्ता हत्याएका कर्णेल असिमी गोइटाले सत्ता लम्ब्याउन खोज्दा चीन र रुसको साथ देखिएको हो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले पश्चिम अफ्रिीकी आर्थिक ब्लकले मालीमाथि लगाउन लागेको नयाँ प्रकारको प्रतिबन्धलाई साथ दिन खोज्दा चीन र रुसले रोकेका छन् । फ्रान्सले अगाडि सारेको कदमलाई अनुमोदन भएन ।

पश्चिम अफ्रिकी देशहरुले मालीमाथि सहयोग रोक्ने निर्णय लिएका थिए । स्थल र हवाई नाकाबन्दी लगाउन खोजेका थिए ।

मालीको सैनिक सरकारले सन् २०२२ को फेब्रुअरीमा चुनाव गराउने प्रतिवद्धता जनाएपनि नगर्ने भएपछि बाह्य शक्तिको ध्यान गएको हो । पाँच वर्ष संक्रमणकाल भन्दै जनरल असिमी गोइटाले सत्ता लम्बाउन खोजे । उनले माली वार्ताका लागि तयार भएको बताए ।

गोइटाले सन् २०२० मा सैनिक कू मार्फत् राष्ट्रपति इब्राहिम बोउबकार किटालाई हटाएका थिए । उनले आफूलाई अन्तरिम सरकारका प्रमुख घोषणा गरेका थिए । उनले एक महिना अघि आफूलाई पाँच वर्ष सत्तामा राख्ने गरी संक्रमणकाल घोषणा गरे ।

गोइटा ३९ वर्ष मात्र पुगेका छन् । उनले आफूभन्दा सिनियर सैनिक अधिकारीहरुलाई समेत उछिनेर सैनिक कू गरेका थिए । उनको कदममा बाह्य शक्तिको समेत भूमिका देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot