काठमाडौं, २८ पौष । मिलमा सल बेरिंदा भएको दुर्घटनामा महिलाको ज्यान गएको छ । घटना अछामको साँफेबगर नगरपालिकाको बैजनाथको हो ।
५१ वर्षीया सुन्तला बोहरा कुटानी पिसानीमा लागेकी थिइन् । धान कुट्ने क्रममा मेसिन चलिरहेको थियो । त्यतिकैमा मिलको फित्तामा सल परेर उनलाई तान्यो । फित्तामा परेर तानिएकी उनको शरीर दुई भाग भयो ।
बोहराको मिलमा नै ज्यान गयो । मृतकको पति र तीन सन्तान छन् । उनीहरुको घर चौरपाटी गाउँपालिका ४ पायलमा पर्छ ।