Logo

सिंहदरबार प्रवेशमा कडाई, पुराना पास खारेज (विज्ञप्तिसहित)



काठमाडौं, २८ पौष । सरकारले कोरोना भाइरसको जोखिमका कारण भन्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । अब पुराना पास खारेज गरी नयाँ व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् सिंहदरबारभित्रका सरकारी कार्यालयबाट जारी भएका सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ । अब आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेउल्लेख छ ।

पत्रकारले भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot