Logo

प्रधानमन्त्री कार्यालयमा नौ सचिव



काठमाडौं, पुस २९ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ जना सचिव रहेका छन् । सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ।

कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, सूर्य गौतम, धनराज ज्ञवाली (कानुन समूहतर्फ), खगेन्द्र प्रसाद नेपाल र रमेशकुमार सिंह कार्यरत छन्।

यीमध्ये सिंहलाई अतिरिक्त समूहमा राखिएको छ। प्राविधिक समूहको दरबन्दी सिर्जना भएपछि अब उनी दरबन्दीमै बस्ने भएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot