Logo

भारतमा थप २ लाख ४७ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी, २९ पुस। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो। बुधबार कोभिड–१९ का कारण ३८० जनाको ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी छन्। दैनिक संक्रमणदर १३.११ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या पाँच हजार ४८८ पुगेको छ।

हालसम्म भारतमा तीन करोड ५९ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण चार लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्