Logo

खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : सरकारका प्रवक्ता कार्की



काठमाडौँ, २९ पुस। नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको साथै खोप अभियान तीव्र गतिमा अगाडि बढेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको पनि उनले बताए। । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो बताएका हुन्।

उनले भने, ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो जानकारी दिएका छन् ।यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्