Logo

प्रधानमन्त्री कपमा आज चार खेल हुँदै



काठमाडौं, २९ पुस । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बिहीबार चार खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।

पहिलो खेलमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबीच अहिले टियु मैदानमा प्रतिष्पर्धा भइरहेको छ ।

समूह ‘ए’ को कर्णाली २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने एक खेल खेलेको सुदुरपश्चिम अंक विहीन छ ।

टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र लुम्बिनी प्रदेश भिड्नेछन् ।

समूह ‘बी’ मा रहेको प्रदेश २ दुई खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने एक खेल खेलेको लुम्बिनी १ अंक विहीन छ ।

मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने प्रदेश १ ले अंक विहिन रहेको छ ।

मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

समूह ‘बी’ मा रहेको एपीएफ २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने गण्डकी पनि अंक विहिन छ ।



प्रतिक्रिया दिनुहोस्