Logo

कोरोनाविरुद्ध दिइने ‘बुस्टर डोज’ले रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुग्ने !



एजेन्सी, २९ पुस। कोरोना भाइरसविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघ अन्तर्गतको स्वास्थ्य सम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल नियामक निकायले जनाएको हो । लामो समयको अन्तरमा मात्रै बुस्टर डोज दिन विज्ञहरुले सुझाव दिएका छन ।

यसै महिनाको सुरुवातमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको छ । बेलायतले पनि कोरोनाबाट नागरिकको रक्षा गर्न दोसो बुस्टर डोज दिने तयारी गरेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्