काठमाडौं, २९ पुस । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको बैठक आज बस्दै छ । दुई बैंकको मर्जरसम्बन्धी विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
दुबै बैंकको सञ्चालक समितिको बैठकले मर्जर समितिले प्रस्ताव गरेको डीडीए रिपोर्ट स्वीकृत गरेमा आजै मर्जरसम्बन्धी एमओयू हुने छ । नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर नबिल बैंकमा ४३ कित्ता हुने गरी स्वाप रेसियो निर्धारण गरिएको छ ।