Logo

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिवान



एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । हिजो (बुधबार) काबुलमा एक कार्यक्रममा हनफीले अफगानिस्तानका कर्मचारीलाई मानिसलाई मद्दत गर्न समावेश गर्नुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् ।

उनले भनेको विषयलाई उदृत गर्दै संचारमध्यमहरुले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय मद्दत गरिबी, भोक र आर्थिक संकटसँग जुध्नका लागि स्थायी समाधान होइन । हाम्रो मान्यता यो छ कि सरकार र अन्तर्राष्ट्रिय समुदायले आर्थिक गतिविधिलाई तीब्रता दिनुपर्छ ।’ उनले सहायता वितरणमा पारदर्शिता हुनुपर्ने समेत बताएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्र महासचिवका उप विशेष प्रतिनिधि र अफगानिस्तानको मानवीय समन्वयकर्ता रमिज एलेकबरोवले संस्थाले सन् २०२२ मा लगभग एक करोड एक लाख अफगानी जनतालाई मानवीय सहायत प्रदान गरिएको जानकारी दिएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot