Logo

कटुवा पेस्तोल र गोलीसहित पक्राउ



सुनसरी, २९ पुस। ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot